धनुषा : नायब सुब्बा चौधरीलाई घुससहित रंगेहात पक्राउ


२२ भदौ । धनुषा सिडिओ कार्यालयका नायब सुब्बा उमेश चौधरीलाई घुससहित रंगेहात अख्तियारको टोलीले पक्राउ गरेको छ । नायब सुब्बा चौधरी जनकपुरधामको क्याम्पस चौकस्थित एक होटलमा सेवाग्राहीसँग साढे ८ हजार रुपैया घुस लिएका थिए ।

सोही बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट आएको टोली उनलाई पक्राउ गरेको छ ।नागरिकताको प्रतिलिपिमा उमेर सच्याइदिने भन्दै सेवाग्राहीसँग नासु चौधरीले घुस लिएका थिए ।

कानूनी प्रक्रिया पुरा गरी अख्तियारको टोलीले आवश्यक कारबाही गर्न उनलाई बर्दिबास लगेको बताइएको छ । धनुषामा पछिल्लो समय भ्रष्टाचार बढेपछि अख्तियारका अधिकारीले निगरानी बढाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको