धनी राम कोरी
२२ भदौ । कपिलवस्तु निजामती सेवा दिवसको अवसरमा नेपाल को विभिन्न ठाउँमा फरक फरक कार्यक्रम गरेर मनाउँदै छन । आज महाराजगन्ज नगरपालिकामा पनि वृक्षरोपण गरेर निजामती सेवा दिवस मनाएको छ ।

व्यावसायिक र सिर्जनाशील प्रशासन विकास , समृद्ध र सुशासन मुल नारा का साथ महाराजगन्ज नगरपालिका कार्यपालिका को आयोजना मा वृक्षरोपण कार्यक्रम गरिएको नगर प्रमुख अब्दुल कलाम ले जानकारी दिनु भयो ।

कार्यक्रममा नगर प्रमुख अब्दुल कलाम , प्रमुख प्रशासकीय अधिकृत वेदप्रसाद खरेल , शिक्षा शाखा प्रमुख रेश्मीराज अर्याल ,लेखा अधिकृत दिलीप कुमार सिंह , सामाजिक विकास शाखा अधिकृत निरन्जन पौडेल र सुचना अधिकृत बृजेश कुमार चौधरी लगायत सम्पुर्ण कर्मचारीहरुको उपस्थिति रहेको थियो ।










