धनी राम कोरी
२२ भदौ । कपिलवस्तु जिल्ला को मायादेवी गाउपालिका वडा नं।६ मुगेंहरी नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा २१ सदस्यीय वडा स्तरीय समिति गठन भएको छ । हिन्दु युवा शक्ति मायादेवी का अध्यक्ष देवेन्द्र वर्मा को अध्यक्षतामा गठन भएको हो ।

प्रमुख अतिथि हिन्दु युवा शक्ति कपिलवस्तु का अध्यक्ष फागुराम पाण्डेय सनातन हिन्दु धर्म सबैभन्दा पुरानो धर्म हो । यो धर्म मान्ने व्यक्तिहरुलाई संगठित गर्ने काम हाम्रो संस्थाले गरिरहेका छ । संगठन को उद्देश हिन्दु धर्म को हकहित र अधिकार को बारेमा निरन्तर रुप मा काम गरिरहेको अध्यक्ष पाण्डेयले बताउनु भयो ।

हिन्दु युवा शक्ति कपिलवस्तु निर्माण गर्नु को उद्देश गौं संरक्षण गर्ने , हिन्दुहरुलाइ संगठित गर्ने , हिन्दु संस्कारलाई जोगाउने , मठ मन्दिरको संरक्षण गर्ने , हिन्दु धर्मको बारेमा जनचेतना जगाउने उद्देश लगायत अन्य उद्देश्यहरु पनि रहेको पाइन्छ ।

वडा नं.६ वडा स्तरीय समिति मा अध्यक्ष पुरषोत्तम यादव , उपाध्यक्ष अयोध्या पासवान , कोषाध्यक्ष इन्द्रजीत यादव , सचिव तेज कुमार तेली , सल्लाहकार केतार चौधरी लगायत २१ सदस्यीय वडा स्तरीय समिति गठन भएको हिन्दु युवा शक्ति मायादेवी का अध्यक्ष देवेन्द्र वर्मा ले जानकारी दिनु भयो ।

कार्यक्रममा हिन्दु युवा शक्ति कपिलवस्तु का अध्यक्ष फागुराम पाण्डेय, सल्लाहकार सुनिल तिवारी , प्रेस सल्लाहकार धनी राम कोरी , मायादेवी का अध्यक्ष देवेन्द्र वर्मा , उपाध्यक्ष राजेश वर्मा राकेश चौधरी लगायत अन्य व्यक्तिहरु को उपस्थिति रहेको थियो ।









