घुससहित वडा सदस्य पक्राउ


२१ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिका १४ नम्बर वडाका सदस्य वसन्त महर्जनलाई घुससहित पक्राउ गरेको छ। सेवाग्राहीसँग दुई लाख घुस मागेको सूचनाका आधारमा टंगालबाट खटिएको टोलीले उनलाई घुस रकमसहित पक्राउ गरेको हो।

काठमाडौं महानगरपालिका– १४ कलंकीको खसीबजाजारस्थित न्यु कान्तिपुर तन्दुरी भोजनालयबाट उनलाई घुस लिइसकेपछि नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए।

जग्गाको मोहियानी हक नामसारी र नाता प्रमाणित गरी मोही प्रमाणपत्र र मालपोत तथा भूमि व्यवस्था कार्यालय काठमाडौंलाई सिफारिस दिनका लागि घुस मागेको उजुरी आयोगमा परेको थियो। पक्राउ परेका महर्जनविरुद्ध थप कारबाही अघि बढाइएको आयोगले जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको