महोत्तरीमा लागु औषध सहित दुईजना पक्राउ


रञ्जन भण्डारी

२१ भदौ । महोत्तरीको सम्सि गाउँपालिकामा लागु औषध सहित शसस्त्र प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ । चेकजाचको क्रममा मोटरसाईकलमा सवार दुईजनाले अगरबत्ती भित्र लुकाएर ल्याउदै गरेको भारी परिमाणको लागु औषध सहित उनीहरुलाई पक्राउ गरेको हो ।

शसस्त्र प्रहरीले सम्सी गाउपालिका ७ चाँदनी चोकमा प्रदेश नं। ०२ ०२२ प ३४७२ नं। को पल्सर मोटरसाईकलमा सवार गोर्खा जिल्ला बुढीगण्डकी गाउपालिका २ निवासी २३ वर्षिय अजय परियार र नुवाकोट जिल्ला विदुर नगरपालिका ७ वस्ने ३० वर्षिय संजय भटटलाई कालो झोलामा अगरबत्ती भित्र लागु औषध लुकाएर ल्याउदै गरेको अवस्थामा पक्राउ गरिएको शसस्त्र प्रहरी बल नेपाल नं। ९ गणका गणपति शसस्त्र प्रहरी उपरिक्षक सुरेश सापकोटाले वताए ।

उनीहरुको साथबाट नाईट्राभेट ट्यावलेट २३७० थान९१५८पत्ता०,प्रामेफाजीन हाईड्रोक्लोराईड ईन्जेक्सन १२१ थन,ओफिन ईन्जेक्सन ११८ थान,डाईजेल्याव ईन्जेक्सन १७१ थान,डाईजेपाम ईन्जेक्सन ४६ थान उनीहरुसंग फेला पारेको हो । पक्राउ परेका दुवैजनालाई आवश्यक कार्यवाहीको लागि प्रहरीलाई जिम्मा लगाइएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको