२१ भदौ । भ्रष्टाचार छानबिन गर्न प्रदेश २ सरकारले समिति गठन गरेको छ । उद्योग, पर्यटन तथा वन मन्त्रालयलले भ्रष्टाचार र जग्गा अतिक्रमणको छानबिन गर्न समिति गठन गरेको हो ।
सिरहाको चोहर्वास्थित मारुती सिमेन्ट उद्योगले वनको जग्गा अतिक्रमण गरेको तथा जिल्ला वन कार्यालय लहान सिरहामा भ्रष्टाचार भएको आरोप लागेको छ । सोही विषयमा उद्योग, पर्यटन तथा वन मन्त्रालयका उपसचिव नन्दलाल रायको संयोजकत्वमा सात सदस्यीय छानविन समिति गठन भएको हो ।
समितिमा सोही मन्त्रालयका सहायक वन अधिकृत सुजित कुमार झालाई सदस्य सचिव राखेको छ । मन्त्रालयका प्रदेश सचिव डा। रामचन्द्र कडेलले छानविन गरी प्रतिवेदन पेश गर्न समिति संयोजक वन संरक्षणरव्यवस्थापन अधिकृत यादवलाई आइतवार पत्र पठाएको छ ।
चुरे तथा वन जंगल संरक्षण अभियानकी सहसंयोजक रानी राय भुमिहार र धनुषा संयोजक अमन यादवले सोही विषयमा जनकपुरमा आमरण अनसन बसेका थिए । भौतिक पूर्वाधार मन्त्री रामसरोज यादवले ५ बुँदा सम्झौता गरेपछि उनीहरु अनसन तोडेका थिए ।









