दाइको हत्या गरेको अभियोगमा भाइ पक्राउ


२१ भदौ । हत्या गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय झापाको टोलीले हत्या अभियोगमा झापाको कचनकवल गाउँपालिका ३ बस्ने ३७ वर्षीय रतन राजवंशीलाई नियन्त्रणमा लिएको हो। उनले आफ्नै दाइ ५० वर्षीय भात्रु राजवंशीको हत्या गरेको खुलेपछि नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।

भदौ २० गते साढे ७ बजेतिर भात्रु बिर्तामोड नगरपालिका ४ स्थित डेरामा हत्या गरिएको अवस्थामा फेला परेका थिए। मृतका छोराले दिएको बयानको आधारमा आफ्नै काका रतनले मार्तोल फलामको ‌औजार ०ले हानेर फरार भएको जानकारी दिएका थिए।

प्रहरीले राजंबशी विरुद्ध जिल्ला अदालतबाट कर्तव्य ज्यान केसमा म्याद लिएर थप अनुसन्धान गरिरहेको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको