फुलगेन मगही, ढल्केवर
२० भदौ । प्रदेश नम्बर (२ का २ दर्जन भन्दाबढी गैर सरकारी संघ संस्थाहरुले मगही भाषालाई प्रदेशको कामकाजको भाषा बनाउनु पर्ने माग गरेका छन ।
संस्थाहरुले संयुक्त रूपमा आज मुख्यमन्त्री लाल बाबु राउत र आन्तरिक मामिला तथा सञ्चार मंत्री भरत साहलाई ज्ञापन पत्र बुझाउँदै मगही भाषालाई उच्च प्राथमिकतामा राखी प्रदेश (२ मा काम काजको भाषा तोक्नुपर्ने माग गरेका छन ।
जनकपुरधाममा रहेको मगही फाउण्डेशनका वरिष्ठ उपा अध्यक्ष भुवनेश्वर महतोको नेतृत्वमा २दर्जन संघ संस्थाले मुख्यमन्त्रीको कार्यालयमा पुगी ज्ञापन पत्र बुझाएका छन । तराई मधेशमा बोल्ने भाषाहरु मध्ये मगही भाषा एक हो । प्रदेश नम्वर (२ को रौतहट उत्तरी भेग देखी लिएर पूर्वको झापा सम्म बोलिने पिछडावर्ग, दलित जनजाति, मूलवासी, लगायतका व्यक्तिले तराई क्षेत्रमा मगही भाषा बोलने गर्दछ ।
मगही भाषा संरक्षण सम्वर्द्धन ,प्रदेश नम्वर (२ को कामकाजी भाषा मगही , मगही विकाश बोर्ड गठन जस्ता माग सहित ज्ञापन पत्र बुझाएको मगही भाषा अभियान्ता विजय कुमार साहले बताए ।
मगही फाउण्डेशन ,श्री हिमालय युवा क्लव , माहुलिया युवा सञ्जाल सिरहा, महोत्तरी युवा संजाल महोत्तरी, रुपान्तरण नेपाल महोत्तरी ,मगही नाटक कला केंद्र धनुषा , लगायतका संस्थाले ज्ञापन पत्र संयुक्त रुपमा बुझाएका छन ।









