२० भदौ । कला साँस्कृति हाम्रो पहिचान , समृद्ध सखुवान्नकारकट्टी हाम्रो पहिचानू नारा बोकेका पालिकाले हाल छुट्टै पहिचान दिइएका देखिन्छ। सिराहाका १८ पालिकामध्ये सखुवान्नकारकट्टी विकास देखि समग्रमा छुट्टै पहिचान सहित प्रस्तुत भएको अनुमान गर्न सकिन्छ।
शिक्षा , स्वास्थ्य , सडक , सिचाईमा विकासको समन्वय भएको स्थानीयको अनुभुति रहेको पालिका अध्यक्ष केदारनाथ यादवले बताए । बलान ( कटान नदीले वडा न। ४ लाई क्षति पारेकोमा पालिका स्तरीय योजनाबाट नियन्त्रणमा लिइएको अध्यक्ष यादवले बताए । युवाहरूलाई खेलकुद कार्यक्रम अन्तर्गत खेलकुद सामग्री देखि लिएर पालिका सक्दो सहयोग गरेको हो ।
पठनपाठन , कटनिया नदी नियन्त्रण , बर्थिङ्ग सेन्टर , ओपिडि , ल्याब लगायत झण्डा महोत्सवमा प्रत्येक वर्ष विभिन्न क्रियाकलापका बारे अनुभुति दिलाउँदै पुर्ण समृद्धि पथमा रहेको स्थानीय युवकको कथन रहेको छ। त्यसतै आर सिसि ढलान , मन्दिरनिर्माण , सामुदायिक भवननिर्माण , कृषि विधुतिकरण लगायत भौतिक पुर्वाधार र लक्ष्यित वर्गका क्षेत्रमा गाउँपालिका उदाहरणीय कामहरु गरेको देखिन्छ।
जनप्रतिनिधि निर्वाचित भएको दिन देखि पहिलेको तुलनामा हाल गाउँपालिका धेरै सकारात्मक परिवर्तन आएको एक स्थानीय गुरदेव यादवले बताए ।









