१९ भदौ । कपिलवस्तु इत्तेहादे उलमा ए हिन्द व नेपाल कान्फ्रेंस सम्पन्न भएको छ । भारतको बरेली शहरमा दरगाहे आला हजरतद्वारा आयोजना गरिएको सम्मेलन नेपाली नागरिकहरुको शैक्षिक, सामाजिक, धार्मिक र आर्थिक विकासमा केन्द्रित भएर छलफल गरिएको छ ।
नेपाल र भारत बीचको सम्बन्धलाई अझै निकटता प्रदान गर्न उक्त कान्फ्रेंसको आयोजना गरिएको इत्तेहाद नेपालका अध्यक्ष किफायातुल्लाह खांले बताउनु भयो । उहाँले भन्नु भयो, दरगाहे आला हजरतका सज्जादा नशीन सूफी सुबहान रजा खान सुबहानी मियाँले लामो समय देखी नेपाल र भारत बीचको धार्मिक सम्बन्धलाई बलियो बनाउन खोज्नु भएको थियो । जसले गर्दा उहाँले गत वर्ष नेपालमा एउटा प्रतिनिधि मण्डल पठाएर नेपालको आर्थिक सामाजिक धार्मिक स्थिति बारे जानकारी लिएका थिए।
नेपालको नागरिकहरु पिछडिएकोले राष्ट्रिय वल्मा काउन्सिल नेपाल तथा इत्तेहाद नेपालसंग समन्वय गरी नेपाली नागरिकहरुको विकासका निम्ति दरगाह आला हजरतले हाथ बढाएको उहाँले बताउनु भयो । यस सम्मेलनले नेपाल र भारत बीचको सम्बन्धलाई अझै बलियो बनाउनेछ भन्ने उहाँको भनाइ रहेको छ । दुबै देशको इत्तेहादे वल्मा ए हिन्द व नेपाल कान्फ्रेंसले नेपालका विभिन्न जिल्लामा रहेको गरीब पीडित असाहायहरुको विकासका लागि काम गर्ने बताएको छ ।
इत्तेहाद नेपाल र दरगाहे आला हजरत बीचको यस सम्बन्धले नेपाली नागरिकहरुको विकासका लागि काम गर्न निकै सरलता प्रदान गर्नेछ । लामो समय देखी नेपाल र भारत बीचको धार्मिक निकटता गुमिएको जस्तो अनुभुती हुँदै आएको थियो तर यस सम्मेलनले सो सम्बन्धलाई पुनः जीवन प्रदान गरेको छ
नेपालमा सूफी बिचारधाराको लामो इतिहास छ जसमध्ये मुफित(ए आजिमे हिन्दले गरेको कामलाई अहिले पनि हेर्न सकिन्छ । उहाँले शैक्षिक विकासका निम्ति नेपालमा विभिन्न मदरसाहरुको शिलान्यास गर्नु भएको थियो । उक्त मदरसाहरुमा पढेर अहिले पनि वल्माहरुले सामाजिक काम गरि रहेका छन् । सम्मेलनले हामी नेपाली वल्माहरुमा अझै उर्जा थपेको इत्तेहाद नेपालका अध्यक्ष किफायातुल्लाह खांले बताउनु भयो।
उक्त कार्यक्रममा नेपाली वल्मा मौलाना व मुफ्ती मोहम्मद कैफुल्वरा मिस्बाही, मौलाना नशीरुद्दीन अन्सारी भारतीय वल्मा मुफ्ती नाशीर कुरैशी, ईस्लामिया गर्ल्स इन्टर कलेजका प्रमुख डा नासिर बेग लगायतले उपस्तिथि जनाउनु भएका थिए।









