१६ भदौ, बारा । करेन्ट लागेर बारामा एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सिम्रौनगढ नगरपालिका ४ गङानगर बस्ने ४८ वर्षका तेजालालप्रसाद यादबको मृत्यु भएको प्रहरीले जनाएको छ ।आफ्नै धान खेतमा काम गरिरहेका बेला करेन्ट लागेर उनको ज्यान गएको हो । खेतमा पानी लगाउनका लागि मोटरमा जोडिएको करेन्ट लागेको हो ।
यादवको घटनास्थलमै मृत्यु भएको बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिएका छन्।









