अदालतमा हाजिर भए फरार भएका मेयर , प्रहरीले पक्राउ गरेन


१५ भदौ, जनकपुरधाम । नगरपालिकाको केन्द्र सार्ने विषयमा भएको झडपमा परि उपचारको क्रममा स्थानीय एक युवाको मृत्यु भएको घटनाका आरोपी धनुषाको हंसपुर नगरपालिकाका प्रमुख रामज्ञान मण्डल अदालतमा हाजिर भएका छन् ।

घटनामा उनी लगायतका व्यक्तिहरुको हात रहेको भन्दै उजुरी परेयता प्रहरीको फरार सूचीमा रहेका मण्डल मंगलवार जिल्ला अदालतमा आफै हाजिर भएका हुन् ।

म्यादी पुर्जी जारी भएपछि नगरप्रमुख मण्डल आफै अदालतमा हाजिर हुन पुगेको धनुषाका एसपी प्रकाश रानाभाटले संञ्चारर्कमीलाई जानकारी दिए ।

घटनामा संलग्न भनिएका अन्य व्यक्तिहरु समेत नगरप्रमुख मण्डलसँग अदालतमा हाजिर भएको बताइएको छ । यसअघि फरार सूचैमै रहेका कार्यपालिका सदस्य श्याम राउतलाई पक्राउ गरिएको थियो ।

घटनाका मुख्य आरोपी मेयर र उपमेयर र वडाध्यक्षहरूसहित ६ जना भने अझै प्रहरीको फरार सूचीमै रहेको बताइएको छ ।
२०७६ साउन २१ गते नगरपालिकाको केन्द्र सार्ने विषयमा मेयर रामज्ञान मण्डल र उपमेयर रेणु झा पक्षबीच झडप भएको थियो।

झडपमा घाइते भएका स्थानीय ५५ वर्षीय तपेश्वर मण्डलको उपचारको क्रममा गत भदौ १८ गते मृत्यु भएको थियो।

सो घटनामा पीडित परिवारले मेयरसहित वडा नम्बर ३ का अध्यक्ष उदय सिंह, वडा सदस्य श्याम राउत र वडा नम्बर ४ का लालबाबु यादवविरुद्ध किटानी जाहेरी दिएका थिए।

उपमेयर झा, ४ नम्बरका वडाध्यक्ष किशोरी यादव, २ नम्बरका वडाध्यक्ष उदय साहविरुद्ध समेत ज्यान मार्ने अभियोगमा मुद्दा दर्ता भएको थियो।

मेयर मण्डलमाथि मृतकका छोराले र उपमेयर झाविरुद्ध मेयर मण्डलका समर्थकले उजुरी दिएका थिए।

जनकपुर प्रेस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको