बर्दिबास : शुभस्वस्तिक हस्पिटल ले शल्यक्रियामा गम्भीर लापर्वाही


 

१५ भदौ, वर्दिवास । महोत्तरीका वरिष्ट पत्रकार, गोपाल बरालका जेठा छोरा बासु शशी शर्मा बरालको ‘एपिण्डिस’ को शल्यकृया बर्दिबास १४ स्थित रहेको शुभस्वस्तिक हस्पिटल प्रा.लि.ले गत २०७८ भदौ ८ मङ्गलबार का दिन गर्दा गम्भीर लापर्वाही भएको घटना खुलेको छ ।

शल्यक्रिया गर्दा सिउनु, बाँध्नु पर्ने आन्द्रा समुचित तवरले व्यवस्थित नगरिदा बिरामीको अवस्था नाजुक हूदैआको हो । यहाँ बर्दिबास बाट धुलीखेल अस्पताल लगी गत बिहीबार १० भदौ देखि बासुको उपचारमा स्वास्थ्यकर्मीहरुबाट नै गम्भीर त्रुटी भएको बुझिएको छ । धुलीखेलमा दोश्रो शल्यक्रिया पछि बासुको स्वास्थ्यमा क्रमिक सुधार भई रहेको खबर पारिवारिक स्रोतले जानकारी दिएको छ ।

स्वास्थ्यजस्तो सम्वेदनशील क्षेत्रमा शुभस्वस्तिक हस्पिटलले देखाएको उदासिनता, शल्यक्रियाको क्रममा भएको लापरवाही र त्यस यता हस्पिटल व्यवस्थापनले देखाएको वेवास्ताप्रति वर्दिवास नगरपत्रकार संजालको गम्भीर ध्यानाकर्षण भएको भनि विज्ञप्ती प्रकाशित गरि जनाएको छ।

विज्ञप्तीमा स्वास्थ्य जस्तो गम्भीर विषयमा संस्था जिम्मेवारी भइदिन र स्थानीय सरकारले समेत स्वास्थ्य संस्थाहरूलाई जिम्मेवार बनाउन नियमित अनुगमन तथा आवश्यक निर्देशनको लागि समेत ध्यानाकृष्ट गराएको उल्लेख गरिएको छ ।

विज्ञप्ती मार्फत सबै आम जनताले सुरक्षित तवरले उपचार पाउनुपर्ने सुनिश्चितता गर्न स‌ंजालले सबै सम्बन्धित पक्षमा अनुरोध गर्दै बासु बरालको शिघ्रस्वास्थ्य लाभको कामना गरेको छ । साथै उपचारमा भएको यस्ता गम्भीर प्रकृतिको लापरबाही घटनाको सम्बन्धित निकायबाट छानबिन गरि दोषी उपर कारवाहीको माग समेत गरेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको