धर्वेन्द्र कुमार यादव
१४ भदौ,महोत्तरी । लगतार भारी वर्षका कारण डुवानमा परेका महोत्तरीको बलवा नगरपालिका वडा नं ४ पडौल र तिलगडका बाढी पीडितलाई राहत वितरण गरिएको छ ।
महोत्तरी निर्वाचन क्षेत्र न।२ का सांसद एवं पूर्व उर्जा मन्त्री शरत सिंह भण्डारी र निर्वाचन क्षेत्र न २ ख प्रदेश सभासद सुरिता साहले व्यक्तिगत खर्चमा बाढी पीडितलाई सहयोग गरेका हुन् । बलबा नगरपालिका –४ तिलगडका ११५ बाढीपिडितलाई राहत वितरण गरिएको हो।
राहत स्वरूप प्रति घर परिवारलाई चामल १० पन ,रहर दालस्१ पन ,खाने तेल १ लि, नमक १ पन आलू ५ पन प्याज २ पन चिउरा २ पन सोयाबिन २०० ग्राम चिनी २५० ग्राम गरी उपलब्ध गराइएको हो । साथै अन्य वडा बाट पिडितहरुको नामावली संकलन भइ रहेको लोकतान्त्रिक बिद्यार्थी नेता धिरेन्द्र मण्डलले संञ्चारकर्मिलाई जनाए ।
अविरल वर्षाका कारण पडौल र तिलगडमा बाढीले ठूलै क्षति भएको हुँदा राहत वितरण गरिएको हो । सो अवसरमा प्रदेश २ का सांसद सुरीता साह, बलवा नगरपालिका उप प्रमुख रिता देवी झा, वडा ४ वडा अध्यक्ष प्रमोद यादव ,वडा ७ का अध्यक्ष रामविजय महतो बिभिन्न पार्टीका नेता कार्यकर्ता लगायत समाज सेवी युवाहरु समेतको लगायत उपस्थित रहेको थियो।



















