१३ भदौ, महोत्तरी । पहिरो संगै ढुंगा खस्दा मोटरसाइकल चालक एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा महोतरी जिल्ला रामगोपालपुर नगरपालिका उप मेयर सीता देवी साहको छोरा रहेको छ ।
बिपी राजमार्ग जनकपुरबाट काठमान्डौ तर्फ जादै गरेको ज। ८ प। ७४९० नम्बरको मोटरसाइकल काभ्रेको रोशी गाउपालिका वडा न।७ लास्कोटबेसीमा ढुंगा खस्दा मृत्यु भएको छ । चालक रामगोपालपुर नगरपालिका वडा न.८ गोइठी बिर्ता बस्ने २८ वर्षीय सरोज साहको मृत्यु भएको छ भने जनकपुर रामानन्द चौक बस्ने ३० वर्षका सतिस साह घाइते भएका छन् ।
मोटरसाइकलमा सबार दुवै जनालाइ ढुंगा लागेर घाइते भएपछी धुलिखेल अस्पतालमा उपचारको क्रममा साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । घाइते साहको अवस्था सामान्य रहेको तथा थप उपचार भैरहेको प्रहरीले जनाएको छ ।



















