११ भदौ, काठमाडौं । आर्थिक वर्ष २०७७र७८ मा ४।०१ प्रतिशत आर्थिक वृद्धिको अनुमान गरिएको छ । सरकारले ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएकामा कोरोना कहरका कारण आर्थिक गतिविधि शिथिल हुँदा र सरकारको पुँजीगत खर्च पनि कम हुँदा त्यसको असर आर्थिक वृद्धिमा देखिएको हो । यस वृद्धिमा कृषि क्षेत्रको २।६४ प्रतिशत, उद्योग क्षेत्रको ५।०५ प्रतिशत तथा सेवा क्षेत्रको वृद्धि ४।४३ प्रतिशत रहेको छ ।
नेपाल राष्ट्र बैङ्कद्वारा प्रकाशित आर्थिक वर्ष २०७७र७८ को वार्षिक तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार कुल गार्हस्थ्य उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको अंश क्रमशः २५।८३ प्रतिशत, १३।११ प्रतिशत र ६१।०६ प्रतिशत रहेको छ ।
आर्थिक वर्ष २०७७र७८ मा कुल वस्तु निर्यात ४४।४ प्रतिशतले वृद्धि भएर १४१ अर्ब १२ करोड रुपियाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो निर्यात ०।६ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्पm क्रमशः ५१।७ प्रतिशत र २७।७ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फको निर्यातमा १४।७ प्रतिशतले कमी आएको छ ।
वार्षिक बिन्दुगत आधारमा २०७८ असारमा भन्सार तथ्याङ्कमा आधारित निर्यातको एकाइ मूल्य सूचकाङ्क ५।३ प्रतिशतले बढेको छ भने आयात मूल्य सूचकाङ्क ८।९ प्रतिशतले बढेको छ । २०७७ असार महिनामा २।६ प्रतिशतले बढेको व्यापारको सर्त २०७८ असार महिनामा ३।४ प्रतिशतले घटेको छ ।
रेमिट्यान्स ९।८ प्रतिशतले बढ्यो
आर्थिक वर्ष २०७७र७८ मा रेमिट्यान्स आप्रवाह ९।८ प्रतिशतले वृद्धि भएर ९६१ अर्ब पाँच करोड रुपियाँ पुगेको छ । अघिल्लो वर्ष रेमिट्यान्स आप्रवाह ०।५ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह ८।२ प्रतिशतले वृद्धि भई आठ अर्ब १५ करोड पुगेको छ ।
अघिल्लो वर्ष यस्तो आप्रवाह ३।३ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिनेको सङ्ख्या ६२।८ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो सङ्ख्या २०।५ प्रतिशतले घटेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा ४६।८ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो सङ्ख्या ३४।७ प्रतिशतले घटेको थियो । आर्थिक वर्ष २०७७र७८ मा खुद ट्रान्सफर ९।१ प्रतिशतले वृद्धि भई १०७१ अर्ब ३५ करोड रुपियाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो ट्रान्सफर १।५ प्रतिशतले घटेको थियो ।
चालू खाता घाटामा
समीक्षा अवधिमा चालू खाता ३३३ अर्ब ६७ करोड रुपियाँले घाटामा रहेको छ । अघिल्लो वर्ष चालू खाता ३३ अर्ब ७६ करोड रुपियाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्ष ३३ करोड ९८ लाखले घाटामा रहेको चालू खाता समीक्षा वर्षमा दुई अर्ब ८४ करोडले घाटामा रहेको छ ।
आर्थिक वर्ष २०७७÷७८ मा पुँजीगत ट्रान्सफर ७।४ प्रतिशतले वृद्धि भई १५ अर्ब २६ करोड रुपियाँ पुगेको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ०।२ प्रतिशतले वृद्धि भई १९ अर्ब ५१ करोड रुपियाँ कायम भएको छ । अघिल्लो वर्ष पुँजीगत ट्रान्सफर १४ अर्ब २१ करोड रुपियाँ र खुद प्रत्यक्ष वैदेशिक लगानी १९ अर्ब ४८ रुपियाँ करोड रहेको थियो ।
सोही अवधिमा शोधनान्तर स्थिति एक अर्ब २३ करोड रुपियाँ बचतमा रहेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति २८२ अर्ब ४१ करोड रुपियाँ बचतमा रहेको थियो ।
कुल विदेशी विनिमय सञ्चितिमा कमी
२०७७ असार मसान्तमा १४०१ अर्ब ८४ करोड रुपियाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ०।२ प्रतिशतले कमी आई २०७८ असार मसान्तमा १३९९ अर्ब तीन करोड रुपियाँ कायम भएको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७७ असार मसान्तमा ११ अर्ब ६५ करोड रहेकामा २०७८ असार मसान्तमा ०।९ प्रतिशतले वृद्धि भई ११ अर्ब ७५ करोड पुगेको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैङ्कमा रहेको सञ्चिति २०७७ असार मसान्तमा १२२६ अर्ब १२ करोड रुपियाँ रहेकामा २०७८ असार मसान्तमा १।५ प्रतिशतले वृद्धि भई १२४४ अर्ब ६३ करोड रुपियाँ पुगेको छ ।
मुद्राप्रदाय बढ्यो
आर्थिक वर्ष २०७७र७८ मा विस्तृत मुद्राप्रदाय २१।८ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष उक्त मुद्राप्रदाय १८।१ प्रतिशतले बढेको थियो । समीक्षा वर्षमा खुद वैदेशिक सम्पत्ति एक अर्ब २३ करोड रुपियाँ ९०।१ प्रतिशत०ले बढेको छ । अघिल्लो वर्ष उक्त सम्पत्ति २८२ अर्ब ४१ करोड रुपियाँ ९२८।७ प्रतिशत०ले बढेको थियो । समीक्षा वर्षमा सञ्चित मुद्रा ५।२ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो मुद्रा २६।७ प्रतिशतले बढेको थियो ।
स्रोत गोरखापत्र









