९ भदौ,काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पत्रकार सम्मेलनको आयोजना गरेका छन्।
पार्टीको पछिल्लो अवस्था र देशको समसामयिक राजनीतिक अवस्थाबारे धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलनको आयोजना गरिएको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
पार्टीका वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनालले नयाँ पार्टी खोलेसँगै एमालेले आज पत्रकार सम्मेलनको आयोजना गर्न लागेको हो।
पत्रकार सम्मेलन आज विहान ११ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा हुने छ।









