नेपाल क्रिकेट संघ क्यानले अमेरिका र ओमानसँग खेल्ने घोषणा


 

५ भदौ, काठमाडौ । नेपाल क्रिकेट संघ क्यानले अमेरिका र ओमानसँग त्रिदेशीय शृंखला खेल्ने नेपाली टोली घोषणा गरेको छ।

आईसीसी क्रिकेट विश्वकप लिग(२ अन्तर्गत त्रिदेशीय शृंखला ओमानमा हुन लागेको छ। त्यसका लागि क्यानले नेपाली टोली घोषणा गरेको हो।

ज्ञानेन्द्र मल्लको नेतृत्वमा रहेको नेपालीको टोलीको उपकप्तान दीपेन्द्रसिंह ऐरी रहेका छन्। १७ सदस्यीय टोलीमा कुशल भुर्तेल, आसिफ शेख, गुलशन झा, आरिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, पवन सराफ, अविनाश बोहरा, रोहित पौडेल, सुशन भारी, शरद भेषवाकर र विक्रम सोब रहेका छन्।

नेपाली टोली ८ भदौमा ओमान प्रस्थान गर्ने भएको छ। सलाम एयरबाट ओमान प्रस्थान गर्ने तय भएको क्यानका सचिव अशोकनाथ प्याकुर्‍यालले जनाएका छन्।

नेपाली टोलीसँगै प्रमुख प्रशिक्षक डेभ वाटमोर, व्यवस्थापक मोहम्मद दाउद अन्सारी, टेक्निकल एनालिस्ट रमण सिवाकोटी, फिजियो विक्रम न्यौपाने र ट्रेनर रोकश काशिभाइ गोहिल पनि ओमान जानेछन्।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको