महिला लिग फुटबल प्रतियोगिता कात्तिकको पहिलो सातादेखि सञ्चालन हुने


Deep Diamond

४ भदौ, काठमाडौ । अखिल नेपाल फुटबल संघ एन्फाले उपमेयर कप राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिता कात्तिकको पहिलो सातादेखि सञ्चालन हुने जनाएको छ। एन्फाले बिहीबार एक सूचना जारी गर्दै उप(मेयर कप कात्तिक ४ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको हो।

एन्फाले प्रतियोगितामा सहभागी हुन चाहने इच्छुक नगरपालिकालाई भाद्र २५ गतेभित्र टिम दर्ता गर्न आग्रह गरेको छ। संघको वेवसाइटमा प्राप्त हुने फारम भरेर नगरपालिकाले महिला फुटबल टिम दर्ता गर्न सकिने एन्फाले जनाएको छ।

स्थानीय तहबाट खेलाडी उत्पादन र खेल स्पर्धा विस्तार गर्न एन्फाले नगरपालिकासँग सहकार्य गर्दै उप(मेयरको नाममा राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्दै आएको छ। पछिल्लो संस्करणको प्रतियोगिताको उपाधि चन्द्रपुरले जितेको थियो। प्रतियोगिताका शीर्ष टिमले राष्ट्रिय महिला लिगमा समेत सहभागीता जनाउने अवसर प्राप्त गर्नेछन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको