हुण्डीको कारोबार गर्ने ९१ लाख ९६ हजार नगदसहित चारजना पक्राउ


२७ साउन काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले हुण्डीको कारोबार गर्ने चारजना पक्राउ परेका छन् । गंगाबाल इलाकामा हुण्डीको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा ९१ लाख ९६ हजार नगदसहित चारजनालाई पक्राउ गरेको हो ।

प्रहरीले सञ्चालक तरुण अग्रवालसहित चारजनाको साथबाट हुण्डीको कारोबारी समानान्तर बैकिङ कारोबार गरिरहेको अवस्थामा निम्नानुसार १७ थान चेक, डिपोजित स्लिप ८ थान फेला परेको प्रहरीले जनाएको छ ।

ताहाचल बस्ने सञ्चालक अग्रवालसहित, गोगंबु बस्ने नितेश श्रेष्ठ, भक्तपुर सल्लाघारी बस्ने नरबहादुर खड्का र जोरपाटी बस्ने अर्जुन चौलागाईलाई पक्राउ गरिएको प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए ।

थप अनुसन्धान पश्चात आवश्यक कारवाहीका लागी सम्पत्ति सुद्धिकरण विभाग हरिहर भवन ललितपुर पठाइएको प्रहरीले जनाएको छ । प्रहरीले ८० लाख ४३ हजार ३ सय १९ डिपोजिट स्लिप र ३६ लाख ८३ हजार ४ सय ४८ रुपैयाँ चेक बरामद गरिएको प्रहरीले जनाएको छ ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


ताजा समाचार

धेरै पढिएको