२७ साउन, काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको राजीनामाबारे प्रदेश सभालाई जानकारी गराइएको छ ।
सभामुख पूर्णबहादुर घर्तीले मुख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृत भएको जानकारी सदनलाई गराउँदै प्रदेश प्रमुख अमिक शेरचनले पठाएको पत्र पढेर सुनाएका थिए । त्योसँगै सभामुख घर्तीले बैठक स्थगित भएको जानकारीसमेत दिए ।
मुख्यमन्त्री पोखरेलविरुद्ध विपक्षी गठबन्धनले गत मंगलबार तेस्रो पटक अविश्वास प्रस्ताव दर्ता गराएका थिए । उक्त प्रस्तावमा आजको बैठक निर्णयार्थ प्रस्तुत हुँदै थियो । तर, मुख्यमन्त्री पोखरेलले बैठकअगावै राजीनामा दिएका हुन् ।
मकालु खबर