धर्वेन्द्र कुमार यादव”यदुवंशी”,महोत्तरी। महोत्तरी प्रहरीले रकम ठगि गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।
महोत्तरी प्रहरीले झुठो आश्वासन देखाएर लाखौ रकम ठगि गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीमा आज एक पत्रकार सम्मेलनकावीच धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका ७ जिरोमाईल बस्ने २६
बर्षिय सुरज कुमार शर्मालाई ठगि मुद्दामा पक्राउ गरि सार्वजानिक गरिएको हो।
प्रहरीका अनुसार उनले गत असार २२ गते महोत्तरीको एकडारा गाउँपालिका वडा नं.४ चकवा चोकबाट लागुऔषधसहित पक्राउ परेका गौतम शर्मालाई छुटाइदिने भनी परिवारलाई ठगि गरेका थिए। पक्राउ परेका सुरजले गौतमलाई छुटाउन लागि विभिन्न सरकारी कार्यालयहरूमा कुरा मिलाउनु पर्छ भनि झुठो आश्वासन दिइ गौतमकी श्रीमतीसँग साउन १४ गतेदेखि २२ गतेसम्म पटक–पटक गरी ३ लाख ७५ हजार रुपैयाँ ठगेको प्रहरी उपरीक्षक आचार्यले बताए।
सुरजलाई सोमबार साँझ जलेश्वर नगरपालिका वडा नं. २ बाट पक्राउ गरिएको हो। यस घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक आचार्यले बताए।