वडाध्यक्ष ५८ वर्षकाे उमेरमा एसइई उत्तीर्ण


वर्षौँदेखि उतिबेलाको एसएलसी र अहिलको एसइई उत्तीर्ण गर्ने हुम्लाका एक वडाध्यक्षकाे धोको यसपटक पूरा भएको छ।

सिमकोट गाउँपालिका–६ का वडाध्यक्ष जयचन्द्र रोकायाले ५८ वर्षकाे उमेरमा एसइई उत्तीर्ण गरेका हुन्।

विगतमा २०४० सालदेखि २०४३ सालसम्म लगातार एसएलसी परीक्षामा सहभागी भएका राेकाया उत्तीर्ण हुन सकेका थिएनन्।

यसपटक ३५ वर्षपछि आन्तरिक मुल्या‌ंकनबाट लिइएकाे परीक्षामा उनले २.५५ जिपिएका साथ एसइई उत्तीर्ण गरेका हुन्।

मानसरोवर माध्यमिक विद्यालयबाट एसइई पास गरेका राेकायाले परीक्षामा लेखेरै पास गर्ने धाेकाे भने अधुरै रहेकाे बताए।

‘पूर्ण रुपमा आफ्नै लेखाईले नम्बर ल्याउन पाएको भए अझै सन्तुष्ट हुने थिएँ’, उनले भने, ‘अब कक्षा ११ मा पनि भर्ना हुने हाे।’


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


ताजा समाचार

धेरै पढिएको