उदयपुरमा प्रेमिकाले प्रेमीको घरमा झुण्डिएर आत्महत्या


२६ साउन, उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकामा प्रेमिकाले प्रेमीको घरमा झुण्डिएर आत्महत्या गरेकी छन् ।

वेलका नगरपालिका–२ करहैया की सावित्रा कुमारी चौधरीले २४ साउनमा प्रेमी त्रियुगा–३ ठाँडीका विष्णुदेव पञ्जियारको घरमा पुगेर आत्महत्या गरेकी हुन् । सावित्रा २३ साउनमा विष्णुका घरमा पुगेकी थिइन् । उदयपुर प्रहरी प्रमुख एसपी सुवासचन्द्र बोहराका अनुसार सावित्राले विष्णुको घरको बलोमा सलको पासो लगाएर आत्महत्या गरेकी हुन् ।

२४ वर्षीय विष्णु र ३१ वर्षीया सावित्रा डेढ वर्षदेखि प्रेम सम्बन्धमा थिए ।विष्णुको घरमा अर्की युवतीसमेत रहेको चाल पाएपछि सहन नसकेर सावित्राले आत्महत्या गरेको प्रहरीले जनाएको छ । यसैबीच मृतकका बाबु देवनारायण चौधरीको उजुरीका आधारमा प्रहरीले विष्णुदेवलाई नियन्त्रणमा लिएर आत्महत्या दुरुत्साहन मुद्दामा कारबाही अघि बढाएको छ ।
नेपाल पत्र


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


ताजा समाचार

धेरै पढिएको