
२५ साउन, लूम्बिनी । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच लुम्बिनी प्रदेशमा नयाँ सरकार बनाउनका सहमति भएको छ । दुई दलले आलोपालो सरकारको नेतृत्व गर्ने गरी सहमति गरेका हुन् ।
अब प्रदेश तहको निर्माचन हुन १६ महिना बाँकी छ । सो अवधिमध्ये ८–८ महिना सरकारको नेतृत्व गर्न गठबन्धनका मुख्य दुई दल नेपाली कांग्रेस र माओवादी केन्द्रबीच सहमति भएको हो ।
कांग्रेस र माओवादी केन्द्रले मुख्यमन्त्री पोखरेलमाथि अविश्वासको प्रस्ताव दर्ता गररेपछि प्रदेश प्रमुख अमिक शेरचनले साउन २७ गतेका लागि विशेष अधिवेशन बोलाएका छन् ।