महन्थको अध्यक्ष पद गुम्यो, आयोगमा जसपाको नयाँ अभिलेख अद्यावधिक


२५ साउन, काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी जसपा को नयाँ कार्यकारिणी समितिको विवरणलाई अद्यावधिक गरेको छ ।

सोमबार आयोगले जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएपछि नयाँ कार्यकारिणी समितिको विवरण अद्यावधिक गरेको हो । योसँगै महन्थ ठाकुरको अध्यक्ष पद पनि गुमेको छ ।

आयोगले जसपामा ३५ सदस्यीय नयाँ कार्यकारिणी समितिलाई अद्यावधिक गरेको छ । जसपाका ५१ कार्यकारिणी सदस्यमध्ये ३४ जनाले यादवको पक्षमा र १६ जनाले ठाकुर पक्षमा सनाखत गरेका थिए । रेशम चौधरी भने तटस्थ बसेका थिए । पछि उनले यादवको पक्षमा रहेको बताएका थिए ।

पार्टी आधिकारिकता टुंगो लगाउन निर्वाचन आयोगले केन्द्रीय कार्यकारिणी सदस्यका ५१ जना सदस्यलाई आवशयक कागजात सहित कार्यालयमा उपस्थित भएर सनाखत गर्न भनेको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको