सबिन यादव
२५ साउन, सिरहा । प्रदेश न. २ को सिरहा जिल्लास्थित नेपाल प्रहरीका एक घुमुवाले आफ्नो इलाकामा व्यापारीहरुसँगको असुलीलाई निरन्तरता दिएको पाइएको छ ।
सिरहा जिल्लाको कर्जन्हा नगरपालिकाको बन्दिपुरस्थित रहेको इलाका प्रहरी कार्यालय कर्जन्हाका घुमुवा प्रहरी प्रदीप यादवले स्थानीय व्यापारीहरुसँग महिनबारी असुली गर्ने गरेको पाइएको छ ।
सो ईलाका अन्तर्गत पर्ने विभिन्न क्षेत्रका व्यापारीहरुबाट महिनबारीदेखि लिएर दैनिक रुपमा पनि रकम असुल्ने गरेको प्रमाण भेटाएको छ । घुमुवा प्रहरीदेखि व्यापारीहरु आजित भएको छ ।
घुमवा प्रहरी यादवको कनेक्सन विभिन्न क्षेत्रका व्यापारीहरुसँग रहेको छ । उनलाई भारतबाट समान ल्याउने, अवैद्य समान ल्याउने, सरकारको कर छली गर्ने लगायतका तस्करहरु सहित व्यापारीहरुलाई उनले महिनबारी रुपमा रकम लिएर सँरक्षण दिने गरेको छ ।
बन्दिपुर बजारमा रहेको मासु पसल देखि लिएर दारु पसल, खोलाबाट अवैद्य रुपमा निकालिने बालुवा, गिट्टीको ट्याक्टरसँग महिनाको ५ हजार देखि १५ हजार सम्म महिनाबरी असुली गरेको स्थानीयहरु बताउँछन् ।
घुमुवा यादवले पान पसलबाला देखि लिएर मासु पसलका संचालकसँग पनि कम्तीमा महिनाको १५ सय रुपैयाँ लिने गरेको छ । पसलेले भने–“घुमुवा प्रदीप यादबले महिनाको १५०० रुपैया माग्छ हामिले दिनै पर्छ । नदिए नानाथरीका बाहाना बनाएर डराउने काम गर्छ । हामिले दिनै पर्छ नदिए पसलमा आएर आफ्नो पावर देखाउछ । हामी गरिब नदिए व्यपारमा पनि समस्या हुन्छ ।”
कर्जनहा नगरपालिकास्थित रतनपुर,बलटिया र बन्दिपुर गाउँमा संचालनमा रहेको काठ फर्निचरहरुबाट पनि नेपाल प्रहरी घुमुवा यदवले महिनाको ५ देखि १० हजार रकम असुलने गरेको एक व्यापारीले नाम नखोल्ने सर्तमा बताए ।
“घुमुवा प्रदिप यादबको दादागिरी चल्छ । महिनाको लाखौं कमाएर बन्दिपुरका इन्चार्जलाई पनि बुझाउने गरेको आरोप छ । तर, बन्दिपुरका प्रहरी ईन्चार्जले यसलाई अस्विकार गरेका छन् । उनले यस्तो केही पनि नरहेको प्रतिक्रिया दिएका छन् ।
हाम्रा सहकर्मी सङ्ग सँक्षिप्त कुराकानीमा ईलाका प्रहरी कार्यालय बन्दिपुरका इन्चार्ज ९नाम बताएनन्० ले मासु पसलबाट असुली गरेको कुरा आफूलाई थाहा नभएको बताउँदै उनले प्रदीप यादव घुमुवा प्रहरी नरहेको दाबी गरे ।
उनका अनुसार, प्रदीप एक सिपाही मात्र रहेको बताए । इलाका प्रहरी कार्यालय बन्दिपुरका ईन्चार्जलाई नाम सोध्दा उनले फोन काटिदिए । यस सन्दर्भमा प्रहरी प्रदीप यादवलाई सम्पर्क गर्दा उनले फोन उठाएनन् ।