अर्को साता जसपाको केन्द्रीय समिति बैठक


२५ साउन, काठमाडौंं । निर्वाचन आयोगबाट पार्टीको आधिकारिकता पाएका जनता समाजवादी पार्टी जसपा का अध्यक्ष उपेन्द्र यादवले अर्को साताका लागि पार्टी केन्द्रीय समिति बैठक बोलाएका छन् । यादवले आगामी भदौ १ र २ गतेका लागि बैठक बोलाएका हुन् ।

बालकुमारीस्थित पार्टी कार्यालयमा समसामयिक राजनीतिक अवस्था, संगठन विस्तारलगायतका विषयमा छलफल हुने जसपाले जनाएको छ ।

तत्कालिन समाजवादी पार्टी र राजपाबीच एकीकरण भएपछि एक पटक पनि बस्न नसकेको बैठक यादवले आधिकारिकता पाएसँगै बोलाइएको हो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको