धनुषाको मिथिला नगरपालिकामा नगरस्तरिय फुटबल प्रतियोगिता शुरु


२४ साउन, धनुषा । धनुषाको मिथिला नगरपालिकामा नगरस्तरिय फुटबल प्रतियोगिता शुरु भएको छ ।

मिथिला नगरपालिका वडा नं। २ नक्टाझिजस्थित हिमालय युवा क्लवको आयोजनामा शनिबारदेखि नगरस्तरिय फुटबल प्रतियोगिता शुरु भएको हो ।

शनिबार भएको उद्घाटन खेलमा हिमालय युवा क्लव नक्टाझिज ‘बी’ टिम र हनुमान युवा क्लव बटेश्वरबीच प्रतिस्पर्धा भएको छ । जसमा हिमालय युवा क्लवले हनुमान युवा क्लवलाई ०(८ गोलले पराजित गरेको छ । आजको खेलमा बिक्की ३ गोल गरेका थिए । सो प्रतियोगितामा जम्मा ८ वटा फुटबल टिमको सहभागिता रहेको आयोजक हिमालय युवा क्लवले जनाएको छ ।

प्रतियोगितामा हिमालय युवा क्लव नक्टाझिज ‘ए’ र ‘बी’ टिम, हनुमान युवा क्लव बटेश्वर, किसानपुर फुटबल टिम, श्री जनता युवा क्लव हरिहरपुर, बुद्धि युथ क्लव मगर टोल, रतनपुर फुटबल टिम र ढल्केवर फुटबल टिमको सहभागिता रहेको छ ।

प्रतियोगिता अन्तर्गत साउन २४ गते हिमालय युवा क्लव ‘ए’ टिम र किसानपुरबीच खेल हुनेछ भने २५ गते श्री जनता युवा क्लव हरिहरपुर र बुद्धि युथ क्लव मगरटोलीबीच खेल हुनेछ । यस्तै साउन २६ गते रतनपुर र ढल्केवरबीच खेल हुने तालिका रहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको