सत्तारुढ गठबन्धनद्वारा न्यूनतम साझा कार्यक्रम अनुमोदन कार्यक्रमलाई आजै सार्वजनिक गरिने


२४ साउन, काठमाडौं । सत्तारुढ गठबन्धनले न्यूनतम साझा कार्यक्रमलाई अनुमोदन गरेको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनमा रहेका दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टी जसपा का अध्यक्ष उपेन्द्र यादवले कार्यक्रमलाई अनुमोदन गरेको हो।

अनुमोदन भएको कार्यक्रमलाई आजै सार्वजनिक गरिने भएको छ। अपरान्ह ४ बजे सार्वजनिक गरिने गठबन्धनले जनाएको छ।

कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको सात सदस्यी कार्यदलले शुक्रबार कार्यक्रम तयार गरेर प्रतिवेदन गठबन्धनमा रहेका दलहरूका शीर्ष नेताहरूलाई बुझाएको थियो।

कार्यक्रममा ११ वटा मुलभूत कार्यक्रमहरू समावेश छन्। गठबन्धनले तयार भएको कार्यक्रमको आधारमा मन्त्रिपरिषद् पनि विस्तार गर्ने भएको छ।

गठबन्धनमा कांग्रेस, माओवादी, जसपासँगै एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष र राष्ट्रिय जनमोर्चा रहेका छन्। जनमोर्चाले सरकारमा सहभागी नहुने स्पष्ट पारिसकेको छ। नेता नेपाल पक्ष पनि सरकारका नजाने भएको छ।

त्यसो हुँदा तीन पार्टीको सम्मिलित सरकार बन्ने भएको हो। हालसम्म कांग्रेस सभापति देउवा नेतृत्वमा कांग्रेसका दुई र माओवादी केन्द्रका दुई जना मन्त्री छन्। जसपा सरकारमा जान बाँकी छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको