२४ साउन, महोत्तरी । महोत्तरीको सिमा क्षेत्रबाट भंसार छलि गरी ल्याउदैँ गरेको करिब एक लाख बराबरको सामान प्रहरीले नियन्त्रणमा लिएका छन ।
शनिबार सम्सी गाँउपालिका–६ स्थित नेपाल भारतको सिमा दश गजा क्षेत्रबाट ३ वटा साईकलमा भारतबाट भंसार छलि गरी ल्याउँदै गरेको करिब ४८ हजार बराबरको बिभिन्न किसिमका कस्मेटिक सामान, लेडिज ब्याग, किराना पसलका समानहरु जिल्ला प्रहरी कार्यालय महोत्तरी र प्रहरी चौकी सम्सीबाट खटिएको संयुक्त प्रहरीको टोलिले समानहरु बरामद गरेको छ ।
त्यसै गरि जिल्लाको रामगोपालपुर नगरपालिका ५ स्थित भारत बाट भन्सार छली गरी ल्याउदै गरेको करिब ५६ हजार बराबरको विभिन्न साईजका सर्ट पाईन्टको कपडाहरु ईलाका प्रहरी कार्यालय गौशाला बाट गस्तीमा खटिएको प्रहरी टोलिले समानहरु बरामद गरेको छ।
प्रहरी देख्नु साथ समान फाली तस्करहरु फरार भएको र उक्त समानहरु नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागी जलेश्वर भंसार कार्यालय पठाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरिक्षक प्रकाश बिष्टले जनाकारी दिए ।