एमसीसी सम्झौता खारेज गर्न माग गर्दै काठमाडौँमा टर्च बालेर विरोध प्रर्दशन


२३ साउन,काठमाडौं । अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेन्च कर्पोरेसन एमसीसी सम्झौता खारेज गर्न माग गर्दै शनिबार काठमाडौँमा टर्च बालेर विरोध प्रर्दशन भएको छ ।

स्वतन्त्र राष्ट्रिय अभियान नेपाल र उन्नत लोकतन्त्र पार्टीले एमसीसी सम्झौता मुलुकको हितविपरीत रहेकाले खारेजीको माग गर्दै काठमाडौँको माइतिघरमा टर्च बालेर विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरुले एमसीसी देशका लागि राष्ट्रघाती हुने र नेपाललाई विदेशी शक्तिको रणभूमि बनाउने भन्दै प्रदर्शन गरे ।

 

प्रदर्शनमा सहभागीहरुले एमसीसी चाहिँदैन, आमा बेच्न पाइँदैन, एमसीसी चाहिँदैन देश बेच्न पाइँदैन लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । उनीहरुले राष्ट्रिय स्वाधिनताको विपरीत रहेको एमसीसी कुनैपनि हालतमा मुलुकको हितमा नरहेकाले यसलाई खारेज गर्नुपर्ने बताएका छन् ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको