२३ साउन, काठमाडौं । नक्कली डिएसपी बनेर सुनका वाला लुटपाट गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर चागुँनारायण ४ का ३५ वर्षिय सिताराम गुरूङ रहेका छन् ।
वैदेशिक रोजगारीका क्रममा विदेश गएका कामदार प्रयोग गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छली ल्याएका गहना लुटपाट गरेको आरोपमा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
विदेशबाट तस्करी गरि ल्याएका सुनका गहना विमानस्थल गेट बाहिर सडक बाटोमा निगरानि गरी पिछा गर्दै एकान्त पारी रोकेर नेपाल प्रहरीको डिसपी हुँ भनि चेकजाँच गर्ने बहानामा लुटपाट गरेको आरोपमा उनलाई पक्राउ गरिएको एसएसपी अशोक सिंहले जानकारी दिए ।
उनीलाई आवश्यक कारबाहीका लागि महाराजगञ्ज वृत्तमा राखिएको छ । अहिले अनुसन्धान भइरहेको र कानून बमोजिम कारबाही गरिने एसएसपी सिंहले बताए ।










