जापानबाट आज ४ लाख डोज खोप नेपाल आउँदै


Deep Diamond

२३ साउन, काठमाडौं । जापानले नेपाललाई कोभ्याक्स सुविधामार्फत उपलब्ध गराउने १६ लाख डोज खोपमध्ये आज चार लाख डोज खोप नेपाल आउने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार आज चार लाख र भोलि चार लाख डोज खोप नेपाल आउने भएको हो।

मन्त्रालयका अनुसार १६ लाखमध्ये बाँकी रहेको ८ लाख डोज खोप पनि अर्को साता नेपाल आउने सम्भावना रहेको छ।

भुटानबाट पनि शुक्रबार २ लाख ३० हजार डोज एस्ट्राजेनेकाको खोप नेपाल आइसकेको छ।

यो खोप कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका साढे १३ लाख जेष्ठ नागरिकलाई लगाइने बताइएको छ। सरकारले अक्सफोर्ड एस्ट्राजेनेकाले विकास गरेको र भारतको सेरम इन्स्च्यिूटले उत्पादन गरेको कोभिडसिल्ड खोप साढे १३ लाख जेष्ठ नागरिकलाई गत चैतमा नै लगाइसकेको छ।

दोस्रो मात्रा १२ सातामा लगाउनुपर्ने भएपनि भारतले खरिदको खोप उपलब्ध नगराउँदा उनीहरुलाई एस्ट्राजेनेका खोप लगाउने निर्णय यस अघि नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरिसकेको छ।

सरकारले साउन २५ गतेदेखि कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका साढे १३ लाख जेष्ठ नागरिकलाई जापान र भुटानले उपलब्ध गराएको खोप लगाउने तयारी गरेको छ ।

परिवार कल्याण महाशाखा, बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले साउन २५ गतेदेखि कोभिसिल्डको पहिलो डोज लगाएकालाई एस्ट्राजेनेकाको दोस्रो मात्रा लगाउने तयारी भइरहेको पुष्टि गरेका छन ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको