२२ साउन, सर्लाही । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दीमा शुक्रबार दिउँसो पिकअप भ्यान पल्टिँदा एक युवकको मृत्यु भएको छ भने ६ जना गम्भीर घाइते भएका छन् ।
फुटबल खेल खेल्नका लागि लालबन्दीबाट खेलाडी बोकेर परवानीपुरतर्फ जाँदै गरेको प्रदेश–२–०३००१च०८४६ नम्बरको पिकअप भ्यान लालबन्दी नगरपालिका–६ स्थित फुटबल चौर अगाडि पल्टिएको थियो । भ्यान पल्टिँदा लालबन्दी नगरपालिका–९ बस्तीपुरका १७ वर्षीय प्रह्लाद दहालको मृत्यु भएको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ । उनको उपचारको क्रममा मृत्यु भएको प्रहरी निरीक्षक निर्मल थापाले जानकारी दिए ।
भ्यान दुर्घटनामा गम्भीर घाइते भएका ६ जनालाई थप उपचारका लागि वीरन्जतर्फ रिफर गरिएको छ । दुर्घटनामा समान्य घाइते २२ जनाको स्थानीय स्वास्थ्य संस्थामा समान्य उपचारपछि डिस्चार्ज गरिएको प्रहरी निरीक्षक थापाले बताए । दुर्घटनापछि चालक फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।