
२२ साउन,काठमाडौं । काठमाडौं, झापा र दाङमा चारजना मृत अवस्थामा फेला परेका छन् । काठमाडौं, चन्द्रागिरी नगरपालिका–१० सिँम्चाफाट डेरा गरी बस्ने तनहुँ शुक्ला गण्डकी नगरपालिका–१० छब्दीबराही घर भएका १६ वर्षीय अजय पोखरेल आफ्नै कोठामा मृत अवस्थामा फेला परेका छन् ।
काठमाडौं महानगरपालिका–५ मालिगाउँ डेरा गरी बस्ने सुनसरी ईटहरी नगरपालिका–५ घर भएका ५४ वर्षीय अमृत वहादुर दाहाल आफ्नै कोठामा मृत अवस्थामा फेला परेका छन् ।
झापा, अर्जुनधारा नगरपालिका–९ प्रणामी टोल बस्ने ४८ वर्षीया देवी विश्वकर्मा सोही टोलस्थित मृत अवस्थामा फेला परेकी छन् ।
दाङ, घोराही उपमहानगरपालिका–६ बस्ने ५१ वर्षीय दल बहादुर महरा सोही उपमहानगरपलिका–३ स्थित रनवार जंगलमा मृत अवस्थामा फेला परेका छन् ।