
बबिता मण्डल
२१ साउन ,प्युठान । प्युठान जिल्ला को प्युठान नगरपालिका वडा नं. ८ बाग्दुलामा चितुवाको छाला सहित तीनजना पक्राऊ परेको छन् ।
सृजना होटलको प्राङ्गणमा अवैध चितुवाको छालाको कारोबार भइरहेको गोप्य सूचनाका आधारमा लुम्बिनी प्रदेश अनुसन्धान समुहको टोली र ईलाका प्रहरी कार्यालय विजुवार प्यूठानको संयुक्त प्रहरी टोलीले रातको समयमा छापा मार्दा तीनजना पक्राऊ परेका छन् ।
पक्राऊ पर्नेमा प्युठान झिम्रुक गाउँपालिका वडा नं १ बस्ने २९ वर्षिय अभिनास पुन , सरुमाराणी १ बाङ्गेशाल बस्ने ३२ वर्षिय छविलाल परियार ,दाङ राजपुर १ बस्ने २८ वर्षिय इन्द्र बहादुर खड्कालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।
उनीहरूको साथबाट झोलामा पलास्टिक भित्र लुकाई राखेको अवस्थामा लम्बाई ६ फिट ६ इन्च चौडाई २ फिट २ इन्च चितुवाको कालो , सेतो ,खैरो रंगको छालासहित नियन्त्रणमा लिएर डिभिजन वन कार्यालय प्युठान कानुनी कारबाही अगाडि बढाउन लागिएको छ ।