कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख डा. भुपेन्द्र बस्नेत नियुक्त


१९ साउन, काठमाडौं । कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा. भुपेन्द्र बस्नेतलाई नियुक्त भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले प्रमुख जागेश्वर गौतमलाई हटाएर बस्नेतलाई नियुक्त गरेको जानकारी दिए। गौतमलाई थापाथलीमा रहेको प्रसूति तथा स्त्री रोग अस्पतालमा सरुवा गरिएको छ।

सोमबार राज्यमन्त्रीस्तरिय निर्णय गर्दै डा। गौतमलाई हटाएर उनको ठाउँमा डा रुद्र मरासिनीलाई ल्याइएको थियो। स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले गरेको सरुवालाई स्वास्थ्यमन्त्रीको जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले रोकेका थिए।

यस्तै, स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा। आरपी दिच्छालाई ल्याउने तयारी भइरहेको बताइएको छ। दिच्छा हाल कान्ति बाल अस्पतालको निर्देशकका रूपमा कार्यरत छन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको