सुदुरपश्चिम प्रदेश युवा परिषद सदस्यको सफतग्रहण कार्यक्रम सम्पन्न


Deep Diamond

उत्तम कुमार थापा

१९ साउन,धनगढी । सुदुरपश्चिम प्रदेश युवा परिषद सदस्यको सफतग्रहण कार्यक्रम सम्पन्न भएको छ ।

आज एक कार्यक्रमका विच स्वास्थ्य तालिम केन्द्रको हल धनगढीमा सुदुरपश्चिम प्रदेशका सबै जिल्ला समेटेर सबै सदस्यहरुको सफत ग्रहण कार्यक्रम गरेको हो । कार्यक्रममा सुदुरपश्चिम प्रदेश युवा परिषदका कार्यकारी उपाध्यक्ष युवराज कवरको अध्यक्षतामा सामाजिक विकास मन्त्री लालबहादुर खड्का विशिष्ट राज्य मन्त्री मना कुमार साउद रहनुभएको थियो ।

आज युवा परिषद प्रदेशले पुर्णता पाएको छ । पुर्णता पाए सँगै सफत लिनेमा छत्र रावल, टिकेश्वरी विक, कल्पना साउद, दिनेश सिह, विर्ख कठायत, वतासु चौधरी, प्रविण बोगट,कु विष्ना पन्त, शेर बहादुर बिष्ट, मनोज चन्द, लक्ष्मी साउद, गैराल ईश्वरी, दत्त भट्ट, हिरा सिह, धामी आशिष, विष्ट झलक भण्डारी, रामप्यारी कुमारी रावल, लक्ष्मी दत्त जोशीले लाई सामाजिक विकास मन्त्री खड्काले सफत खुवाउनु भएको हो ।

कार्यक्रममा बोल्दै मन्त्री खड्काले भने अब युवाले केही गर्नु पर्छ युवाले यो महामारी समयमा केही समाधानका उपाय खोज्नु जरुरी देखिन्छ । अब युवा बेरोजगार हुँदै विदेश जाने हैन तपाईंहरुले सबै लाई सचेत र राम्रो सन्देश दिनु हुनेछ भन्ने आशा सहित अब जिल्लाले पनि पुर्णता पाउने उहाको भनाइ छ । कार्यक्रम सञ्चालन भने कानुन अधिकृत दान बहादुर सुनारले गर्नुभएको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको