घरको पूरै फ्ल्याट भाडामा लिई यौनधन्दा गराउने दुई महिला कारागार चलान


१९ साउन, काठमाडौं । घरको पूरै फ्ल्याट भाडामा लिई अप्ठ्यारोमा परेका युवतीहरुलाई सहयोग गर्ने बाहनामा फकाउदै यौनधन्दामा फसाउने दुई महिला पूर्पक्षका लागि कारागार चलान भएका छन् ।

गोरखाको बारपाक सुलिकोटकी प्रिती थापामगर र झापा गौरादह ५ की ज्योती पोमुलाई पूर्पक्षका लागि थुन्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको हो ।

केही महिनाअघि आफ्नी आमाको उपचार गराउन एक युवती वीरगञ्जबाट काठमाडौं आएकी थिइन् । दूर्भाग्य उनले आमालाई बचाउन सकिनन् । आमाको काख गुमाएकी ती युवती त्यसपछि राजधानीको बाफलस्थित बिना लिम्बु भनेर चिनीने ज्योती पोमुसँग बस्न थालिन् । ती युवतीके आमासँग ज्योतीको पुरानै चिनजान रहेछ । यसरी आमाबाट चिनजान भएको ज्यातीले बाफलमै एउटा घरको पूरै फ्ल्याट भाडामा लिई अन्य युवतीहरुलाई पनि बोलाएर खुलेआम वेश्यावृत्ति गराउँथिन् ।

समय बित्दै गयो । बिस्तारै बिनाले वीरगञ्जबाट आउने ती युवतीलाई हेप्न थालिन् । यसरी हेप्ने गाली गर्ने गरेको थाहा पाएपछि प्रिती थापा भन्ने अर्की महिलाले उनलाई आफूसँगै बस्न आग्रह गर्छिन् । सुरुमा थानकोटमा आफ्नो कोठा भएको र त्यही बच्चा रेखदेख गर्ने र पढाईदिने सर्तमा युवतीलाई लिएर गईन् ।

तर, बच्चा रेखदेख र पढाईको सपना बोकेर थानकोट आएकी ती युवतीलाई प्रीतिले फकाएर यौन धन्दामा लगाइन् । यसरी शारीरिक शोषण सहन नसकेपछि ती युवती भागेर नेप्लीज होम नामक एक सामाजिक संस्थामा गुहार माग्न पुगीन् । सोही संस्थासँगको समन्वयमा प्रहरीले संलग्नहरुलाई पक्राउ गर्न सफल भएको मानब बेचविखन अनुसन्धान ब्यूरोकी एसएसपी दुर्गा सिंहले जानकारी दिइन् ।

ब्यूरोको खोजी सूचीमा रहेकी प्रिती २०७८ असार २१ गते पक्राउ परिन् भने असार ३० गते ज्योती पोमुसमेत व्यूरोको नियन्त्रणमा परेकी थिइन् । यी दुईले वीरगञ्जबाट आएकी युवतीजस्तै अन्य थुप्रैलाई इच्छाबिपरित कार्यमा लगाउने गरेको खुलेको एसएसपी सिंहको भनाई छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


ताजा समाचार

धेरै पढिएको