
१८ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ट्रमा सेन्टरका डा। रुद्र मरासिनीलाई कोभिड युनिफाइड केन्द्रीय अस्पताल वीर अस्पतालको प्रमुख प्रशासकीय अधिकृतमा नियुक्त गरेको छ ।
डा। जागेश्वर गौतमलाई हटाएर राज्यमन्त्रीस्तरीय बैठकले मरासिनीलाई नियुक्त गरेको हो । विवादमा तानिएपछि डा। गौतमलाई मन्त्रालयले प्रसूति गृहमा सरुवा गरेको छ ।