
१७ साउन,महोत्तरी । केन्द्रिय तहमा देखापरेको नेकपा एमाले विवादले पछिल्लो समय मोफसलका जिल्ला र प्रदेशलाई पनि गुुजंन थालेको छ । नेनृत्व तहको विवादले अन्यौल र अनिश्चयको मनस्थितिमा पुगेका आम कार्यकर्ताको मनोवल उठाउन जिम्मेवार भूमिका निर्वाह गनु पर्ने केन्दिय तहको नेताहरुनै हदैसम्मको गालि गलौजमा उत्रेपछि एमाले विवाद उतकर्षमा पुगेको हो । ‘गद्दार , लाल गद्दार , वेवकुफ’ जस्ता अप शव्दमा नेताहरु ओर्लन थालेका छन् ।
सार्वजनिकरुपमै प्रयोग गरिएका आत्मरतिका यी शव्दले नेता कार्यकर्तालाई भने निराश पारेको व’झिएको छ । बर्दिबासमा आईतवार सम्पत्र ओली पक्षका एमालेको प्रदेश नं २ स्तरीय विस्तारित वैठकमा पछि आयोजित पत्रकार सम्मेलमा सहभागि एमाले स्थायी कमिटि सदस्य सत्य नारायण मण्डलले माधव नेपाल लाई ‘लाल गद्दार’ र ‘वेवकुफ’ जस्ता शव्द प्रयोग गर्दै पार्टिको नेतासमेत नभएको दावि गरे ।
‘माधव नेपाल गद्दार हो , त्यसलाई वरिष्ठ नेता भन्नु हाम्रो मुर्खता हो।।।मदन भण्डारीको हत्या भयो र त्यो वेवकुफ महासचिव भैदियो’ उनले आक्रोश पोखे । मण्डलले यतिमै रुकेनन् । उनले ‘चार तले विल्डिङ , न सिढि न लिपःट के हो रु भन्दै ‘माधव नेपाल त्यसभित्रको लाल गद्दार भएको’ आक्षेपसमेत लगाए ।
‘लेख्ने हिम्मत भए यो कुरा लेखेर देखाउनुस’ भनि संचारकर्मीलाई समेतलाई चुनौति दिन पछि परेनन् । संचारकर्मीका जिज्ञासाको जवाव दिदै गरेका प्रदेश इन्चार्ज एवं स्थायी कमिटी सदस्य रघुवीर महासेठलाई उछिन्दै उनले आफु माधव नेपाल भन्दा सानो नभएको दावीसमेत गरि अपश्वद प्रयोग गर्दा वयापट्टि वसेका राष्ट्रिय सभा सदस्य एवं प्रदेश २ सहईन्चार्ज सुमन प्याकुरेललाई हप्काउने भाषमा ‘किन हासेको ’ भनि आक्रोसित मुद्रामा प्रश्न गरे ।
माधवसंग एकएक हिसाव लिनु पर्ने वताउदै उवाहेकलाई मात्र पार्टिमा फर्काउनु पर्ने धारणा राखे । यसअगि संचारकर्मीको जिज्ञासाको जवाव दिदै महासेठले स्वार्थ प्रेरित ४ समुहको समर्थनमा वनेको देउवा सरकार कुनै पनि वेला ढल्न सकने दावी गरे । उनले माधव नेपालले पार्टी भित्र गरेको वार्गेनिङ एमाले फोडने षडयंत्र समेत भएको दोषारोपण गरे । ‘संसद अधिवेश अन्त्यतिर देउवा सरकारले माधवजीलाई फाईदा हुने अध्यादेश ल्याउनु हुन्छ र त्यसैलाई टेकेर उहाले एमाले फुटाउने दाउमा पार्टिभित्र अध्यक्ष पदको वार्गेनिङ गर्दै हुनु हुन्छ ।’ साथै रहेका नेता प्याकुरेलले आफूहरुको अर्जुन दृष्टि आगामी निर्वाचनमा रहेको र २ तिहाई मत ल्याएर अदालतबाट भएका कमि कमजोरि सच्याउदै अगि बढने लक्ष्यसाथ जुटेको बताए ।