ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने एक जना चालक पक्राउ


१७ साउन, काठमाण्डौ । काठमाडौंमा कलङ्की खसीबजार स्थीत ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने एक जना चालक पक्राउ परेका छन् ।

ड्युटीमा खटिएका प्रहरी जवान गणेश ओझालाई एक सय रुपैयाँ घुस दिन खोज्ने ट्रक चालक भारतीय नागरिक मोकल्लोलाई पक्राउ गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

पार्किङ निषेधित ठाउँमा ट्रक पार्किङ गरेको कसुरमा कारबाही गर्न खोज्दा चालकले प्रहरी जवानलाई सय रुपैयाँ घुस दिन खोजेका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


ताजा समाचार

धेरै पढिएको