भरतपुर विमानस्थलबाट साढे दुई वर्षमा ३ लाखभन्दा बढी यात्रुले लिए सेवा


१७ साउन, चितवन । भरतपुर विमानस्थलबाट साढे दुई वर्षमा ३ लाखभन्दा बढी यात्रुले सेवा लिएका छन् ।

विमानस्थल कार्यालयका अनुसार सन् २०१९, २०२० र २०२१ को जुन महीनासम्म गरेर ३ लाख ११ हजार २६६ यात्रुले सेवा लिएका हुन् । जसअनुसार २०१९ मा सबै उडान गरी १ लाख ८२ हजार २७६ यात्रुले सेवा लिएका थिए भने सन् २०२० मा ७४ हजार ८०७ यात्रुले सेवा लिएका थिए ।

यस्तै २०२१ को जुनसम्म ५४ हजार १८३ जना यात्रुले सेवा लिएका थिए । उडानमा यात्रुहरुको आकर्षण बढेपनि निषेधाज्ञा र लकडाउनका कारण उडानसँगै यात्रुहरुको संख्यामा पनि कमी आएको बताए । उडान चालू भएको बेला उडानको संख्यासँगै चाप पनि छ । उनले भने, उडान नै नभएपछि यात्रुत स्वतः कम हुने भए ।

साढे दुई वर्षमा १० हजार ७०० पटक उडान
विमानस्थलमा साढे दुई वर्षको अवधिमा विभिन्न उडान कम्पनीका जहाजले १० हजार ७१८ पटक भन्दा बढी उडान गरेका छन् । कार्यालयका अनुसार सन् २०१९ मा ६ हजार ४८८ पटक, २०२० मा २ हजार ४५६ पटक र २०२१ को जुन महीनासम्म १ हजार ७७४ पटक उडान भएको छ ।

निषेधाज्ञाका कारण विमानस्थलमा नियमित उडान बन्द भएपनि चार्टर उडान भने हुने गरेको छ ।

निषेधाज्ञा खकुलो भएपछि केही दिन यतिले नियमित उडान गरेपनि हाल यतिले उडान स्थगित गरेको छ भने बुद्ध एयरले दैनिक रुपमा १८ र ४७ सिटे जहाज गरी १० ओटा जहाजले २० ओटा काठमाडौं र भरतपुर उडान गर्ने गरेको विमानस्थलले जानकारी दिएको छ । यति एयरले उडान स्थगित गरेपछि केही दिनमै गुण एयरले उडान सञ्चालन गर्न लागेको विमानस्थलका प्रमुख कुँवरले बताए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


धेरै पढिएको

ताजा समाचार