१६ साउन, काठमाडौं । जापान टोक्यो ओलम्पिक अन्तर्गत पुरुष फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
शनिबार भएको क्वाटरफाइनलमा न्युजिल्याण्डलाई पेनाल्टी सुटआउटमा हराउँदै जापान अन्तिम चारमा पुगेको हो । खेलको निर्धारित र अतिरिक्त समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टीमा जापान ४(२ ले विजयी भयो ।
पेनाल्टीमा जापानका योसिदा, इताकुरा, उएडा र नाकायामाले गोल गरे । न्युजिल्याण्डका क्रिस उड र कलुम म्याककोवाटले मात्र गोल गर्न सके । प्रतियोगिताको फाइनल प्रवेशका लागि जापानले स्पेनसँग खेल्नेछ