मध्यपश्चिम विश्वविद्यालयका विद्यार्थीहरूले सशक्त आन्दोलन गर्ने घोषणा


१६साउन, काठमाडौं । लामो समयदेखि आन्दोलनरत मध्यपश्चिम विश्वविद्यालयका विद्यार्थीहरूले सशक्त आन्दोलन गर्ने घोषणा गरेका छन् । आन्दोलनमा रहेका नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु र अखिल छैठौले सशक्त आन्दोलन गर्ने घोषणा गरेका हुन् ।

विश्वविद्यालयले आफूहरूका माग सम्बोधन नगरेको भन्दै संयुक्त विद्यार्थी संगठनले चरणबद्ध आन्दोलनको घोषणा गरेका गरेको नेपाल विद्यार्थी संघका मध्यपश्चिम विश्वविद्यालयका संस्थापक स्ववियु सभापति झक्कबहादुर शाहीले बताए ।

आन्दोलनका कार्यक्रमअन्तर्गत १७ साउनमा विश्वविद्यालयका सम्पूर्ण सवारी साधान अनिश्चितकालीन रूपमा बन्द गर्ने, १८ गते सम्पूर्ण आंगिक क्याम्पसमा अनिश्चितकालीन तालाबन्दी गर्ने, १९ गते उपकुलपति, रजिष्ट्रार र परीक्षा प्रमुखको ‘कुकुर अभिनन्दन’ गर्ने र २० गतेदेखि रिले अनशन गर्ने घोषणा गरेका छन् ।

अनलाइन माध्यमबाट परीक्षा लिन पाउनुपर्ने, कोरोना अवधिको शैक्षिक शुल्क खारेज गर्नुपर्नेलगायतका १८ बुँदे माग गर्दै विद्यार्थी आन्दोलनमा रहेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


ताजा समाचार

धेरै पढिएको