गौशाला नगरपालिकाको १० लाखको किर्ते चेक प्रकरणको एक बर्ष पूरा, मेयरको सम्पति छानविन होस् : नेता महतोको माग ।


ललन मण्डल      

१४ साउन, महोत्तरी ।
महोत्तरीको गौशाला नगरपालिकामा किर्ते कागजात मार्फत ९ लाख ७० हजार रुपैयाँ भुक्तानीको विवाद बाहिरिएको एक वर्ष पुरा भयो । गत ०७७ साल अषाढ २९ गते नगरपालिकामा कार्यरत कर्मचारीले किर्ते उपभोक्ता समितिको नाममा टिप्पणी आदेश सहितका कागजात बनाएर चेक लिएर जाने क्रममा घटना सार्वजनिक भएको थियो । त्यसको भोलिपल्ट कार्यालय परिसरमा चेक वेवारिसे अवस्थामा चेक फालिएको अवस्थामा भेटिएको थियो ।
किर्ते नापी किताब, उपभोक्ता समितिको निर्णय, उपभोक्ता समितिको निवेदन, सार्वजनिक परीक्षण, प्रमाणित बिल, हाजिरी लगायत का विवरण किर्तेरुपमा बनाएर कागजात प्रक्रिया सहित कार्यालयमा बुझाई चेक भुक्तानी गरिएको घटना अझ रहस्यमय बनेको छ ।
कार्यालयको सरकारी छाप, कागजात किर्ते गर्नेको अझसम्म खोजि समेत भएको छैन । २४ औं घण्टा सिसिटिभीको निगरानी, नगरप्रहरीको प्रत्यक्ष रुपमा निगरानी रहेको कार्यालयमा यस्तो काममा सक्रिय भएका ती व्यक्तिको पहिचान हुनु नसक्नु शंकाको विषय रहेको छ । लेखा शाखामा छाप, सही गरिकन मात्र सेवाग्राहीलाई चेक दिने प्रावधान भएतापनि व्यक्ति पहिचान नगरिकन कार्यालय उक्त किर्ते चेक प्रकरणमा नभन्दै एक बर्षसम्म मौनता कायम राख्यो । यसरी ‘तै चुप मै चुप’ मा परि कार्यालयका कर्मचारी र जनप्रतिनिधि अझ मौन नै रहेका छन ।
नगरपालिकाले कार्यालय हुने गतिविधीलाई सुक्ष्म रुपमा अनुगमन एवम पारदर्शीता कायम राख्नका लागि कार्यालयको हरेक स्थानमा सीसीटीभी क्यामरा जडान गरिएको छ । जसमा नगरपालिकाको लाखौ रकम खर्चिएको छ । तर किर्ते चेक प्रकरणको दृश्य सीसीटीभी क्याम्राबाट डिलेट गरिएको स्रोतको भनाई रहेको छ । किर्ते चेक बुझेको र फालेको समयको रेकर्डिङ गौशाला नगरपालिकाका सुचना अधिकारी रंजित बर्माले डिलिट गरेका स्थानियहरुले आशंका गरेका छन । ९ लाख ७० हजार रुपैयाँको चेक नगरपालिका कार्यालयमै फालिएको अवस्थामा फेला परेको सूचना अधिकृत रञ्जित बर्माले बताए ।
योजनाशाखा, लेखाशाखा र कार्यालय प्रमुखबाट योजनाको कागजात तयार भएकाले नगरपालिकाकै कर्मचारी किर्ते कार्यमा संलग्न भएको आशंकामा अनुसन्धान भइरहेको बर्मा बताउछन ।


गौशाला नगरपालिकाको सुचना प्रविधिको जिम्मेवारी समेत पाएका बर्मा कार्यालयमा २५ वटा सीसीटीभी क्यामेरा जडान भएपनि चेक बुझेको र फालेको समयको रेकर्डिङ डिलिट कसरी डिलेट बारे बोल्न चाहदैन । आफनै संलग्नता भएका कारण बर्मा जानकारी नै लुकाउछन । उनी करारमा कार्यरत्त कर्मचारी हुन । आफु करारमा कार्यरक्त रहेकोले यो घटनाको पोल खोल्यो भने मेरो जागिर च्वाट हुन सक्ने संका प्रति लुकाई छुपाई आलटाल गरिरहेका एक स्रोतले जनाए ।
योजना शाखा प्रमुख तिलकबहादुर जिम्बा, प्राविधिक शाखाका इन्जिनियर प्रवीण सिंह र नगरपालिकाका प्रशासकीय अधिकृत वीरेन्द्र जंगथापाको हस्ताक्षर रहेको भुक्तानी टिप्पणी आदेशमा कामै नभएको नाला निर्माण उपभोक्ता समिति गौशाला–६ को नाममा चेक काटिएको थियो । पानी निकासका लागि ह्युमपाइप खरिद र निर्माण योजनाका लागि भन्दै तयार पारिएको फर्जी कागजातका आधारमा उपभोक्ता समितिलाई लेखा शाखाबाट चेक दिइएको थियो ।
काम विशेषले लेखाशाखा पुग्दा टेबलमा राखेको नाला निर्माण उपभोक्ता समितिको कागजातमा आफ्नो किर्ते हस्ताक्षर देखेपछि सोधखोज गर्दा फर्जी कागजात बनाएर चेक बुझेको पाइएको इन्जिनियर सिंहले बताए ।
‘अनुगमन भत्ता लिन लेखाफाँटमा जाँदा किर्ते हस्ताक्षर भएको फाइल देखेपछि आफुलाई शंका लाग्यो,’ उनले भने, ‘खोजीगर्दै जादा किर्ते कागजात बनाएको पोल खुल्यो ।’ रहस्य खुलेपछि तत्काल चेक भुक्तानी रोक्का गरिएको थियो ।
कर्मचारी स्रोतका अनुसार योजना शाखामा कार्यरत कर्मचारीले किर्ते कागजात तयार गरी प्रशासकीय अधिकृत थापालाई प्रलोभनमा पारेर १० लाखको योजनामा ३ प्रतिशत रकमकट्टा गरी ९ लाख ७० हजार रुपैयाँ भुक्तानीका लागि टिप्पणी आदेश दिइएको थियो । तर, प्रशासकीय अधिकृत थापाले किर्ते कागजात पेस गरी लिएको चेकबारे आफूलाई जानकारी नभएको बताए ।
नगरपालिकाबाट चेक लिएपनि भुक्तानी हुने सम्बन्धित योजनाको बैंकमा खाता खोलिएको थिएन । खाता खोल्न नगरपालिकाबाट सिफारिस सहितको कागजात बन्ने क्रममै किर्ते योजनाको रहस्य सार्वजनिक भएको थियो ।


‘किर्ते कागजातका साथै कार्यालयमै चेक फेला परेको विषयमा एक वर्षदेखि अनुसन्धान भइरहेको छ,’ उनले भने यो घटनाको सबै जिम्मेवारी अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको मातहतमा रहेको हुनाले आज सम्मका कर्मचारीहरुलाई किन कारवाही भएन त्यो प्रश्न मलाई न सोधी सिधा अख्तियार संगै यसको प्रति उत्तर लिनुहोला भनेर जानकारी दिए ।
यो घटनाको बारेमा बर्दिवास अख्तियार अनुसन्धानले फाईल लिएको करिब एक वर्ष नै वितिसकियो । तर, तै चुप मै चुप का कारण ति फर्जि कागजात मिलाउने र किर्त चेक साटन खोज्न कर्मचारीहरुलाई किन कारवाही न भएको प्रति यो देशको कानुननै मोरेको हो कि भन्दै जनता समाजवादी पार्टीका प्रदेश सदस्य लक्ष्मी महतोले दुखेसो पोखेका छन ।
जुन नगरपालिकाको मेयर नै भष्टचारी हो त्यो नगरपालिकाको कर्मचारीलाई के कारवाही हुन्छ यो ठुलो प्रश्नको विषय हो । देश उच्च छानविन निकायमा रहेको अख्तियारमा एक वर्ष फाईल गएको भईसकियो तर कारवाहीको नामा अनुसन्धान हुदैछ भन्दै आलटाल गरिरहेका छन ।
यता मेयर शिवनाथ महतोको जिवनकाल देखि अहिले सम्म कति सम्पति रहेको हो । मेयर भईकन कति सम्पति कमाएर राखेका छन ति सबै कु सम्पतीको छानविन होस भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मार्फत नेता महतोले अपिल गरेका छन ।
यो घटनामा जो जो संगलगन रहेका छन ति सबैलाई कानुनबमोजिम कारवाहीहुनुपर्ने भन्द नेता महतोले जोडदार माग गरेका छन ।
गौशाला नगरपालिकामा ईन्धन, सवारी भाडा, सुचाना प्रकाशन र टुक्रे योजनामा प्रमुख प्रशाकिय अधिकृत विरेन्द्र जंग थापा र सुचना अधिकारी रंजित बर्माले ब्रम्हलुट मचाएका छन् ।
यता गौशाला नगरपालिकाका सुचना अधिकारी रंजित बर्मा संग थप सोधपुछका लागि फोन गर्न खोन्दा उनको फोन नउठेको ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको