दोस्रो टी ट्वान्टी क्रिकेटमा श्रीलंका विजय


१४ साउन, काठमाडौँ । भारतसँगको दोस्रो टी(ट्वान्टी क्रिकेटमा श्रीलंका विजय भएको छ । बुधबार राती भएको खेलमा श्रीलंका ४ विकेटले विजयी भएको हो ।

पहिले ब्याटिङ गरेको भारतले ५ विकेट गुमाएर १३२ रन बनाएको थियो । जवाफी ब्याटिङ थालेको श्रीलंकाले १९ ओभर ४ बलमा ६ विकेट गुमाएर लक्ष्य भेट्टायो ।

जितसँगै श्रीलंकाले तीन खेलको सिरिज १–१ को बराबरीमा ल्याएको छ । पहिलो टी(ट्वान्टी भारतले जितेको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको