संशोधन नगरीकन एमसिसी सम्झौता अनुमोदन गर्नु राष्ट्रघाती काम हुने भीम रावल


१३ साउन, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसिसी अनुमोदन गर्नेबारे गठबन्धनमा कुरा नभएको बताएका छन्।

बुधबार ट्विटरमार्फत् उनले संशोधन नगरीकन एमसिसी सम्झौता अनुमोदन गर्नु राष्ट्रघाती काम हुने बताएका हुन्। उनले त्यसो नगर्न पार्टी र सरकार दुबैलाई खबरदारी गरेका हुन्।

एमसिसी जस्ताका त्यस्तै अनुमोदन भए देश उपनिवेशकरणतर्फ धकेलिने रावलको तर्क छ।

ुनेपालको संविधान,कानून,राष्ट्रिय हित र स्वाधीनता विपरीतका प्रावधान नहटाई एमसिसिसँगको सम्झौता अनुमोदन गर्नु राष्ट्रघाती काम हुनेछ। देश उपनिवेशकरणतर्फ धकेलिनेछ,ु उनले भनेका छन्,ुयस्तो काम सरकार र पार्टीले नगरून्। यसबारे प्रतिनिधि सभा पुनर्स्थापनाका लागि भएको गठबन्धनमा पनि कुनै कुरा नभएको हेक्का रहोस्।ु


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


ताजा समाचार

धेरै पढिएको