प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता


Deep Diamond

१२ साउन, काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । बिहान ९ बजेतिर प्रधानमन्त्री देउवालाई भेट्न प्रचण्ड बालुवाटार जानु भएको थियो ।

भेटमा मन्त्रिपरिषद् विस्तार लगायत समसामयिक विषयमा छलफल भएको छ । जनता समाजवादी पार्टी ९जसपा०को आधिकारिकता विवाद सकिएकाले मन्त्रिपरिषद् विस्तारबारे उहाँहरुबीच कुराकानी भएको प्रचण्डको निजी सचिवालयले जनाएको छ ।

जसपाले केही दिनभित्रै सरकारमा सहभागी हुने तयारी गरेको छ । यसअघि प्रचण्डले एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गर्नु भएको थियो । नेता नेपाललाई भेट्न प्रचण्ड उहाँकै निवास कोटेश्वर पुग्नु भएको थियो । भेटमा प्रचण्डले सरकारमा सहभागी हुन नेपाललाई आग्रह गर्नु भएको बुझिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको